नेपाल बारमा सत्ता गठबन्धनका गाेपालकृष्ण घिमिरेकाे प्यानल नै निर्वाचित (मतसहित)

 चैत २५, २०७८ शुक्रबार १७:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एसोसिएशनको चुनावमा सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ । घिमिरे वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार बन्नुभएको हो । 

आज शुक्रवार सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट घिमिरेले चार हजार चार सय ७४ मत प्राप्त गर्नुभएको छ । घिमिरेसँग पराजित एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले दुई हजार चार सय ८२ मत प्राप्त गर्नुभएको हो । 

यस्तै महासचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा भरतबहादुर राउत निर्वाचित हुनुभएको छ । २५ सदस्यीय कार्यसमितिका लागि गएको १९ मा भएको चुनावमा सात हजार चार सय २९ मत खसेको थियो ।

तस्बिर : तेजेन्द्रशम्शेर पाण्डेकाे फेसबुकबाट

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया