माओवादी केन्द्रबाट विभाजित नेता, कार्यकर्ता र पार्टीलाई एकताबद्ध हुन प्रचण्डकाे आह्वान

 वैशाख ९, २०७९ शुक्रबार १२:४३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आह्वान गर्नुभएको छ । 

आज पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको हो ।

प्रचण्डले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकताबद्ध हुनु आवश्यक रहेको बताउनुभयो । 

अध्यक्ष दाहालले विगतमा कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध बनाउनका लागि नेकपा (एमाले) सँग एकीकरण गरेको उल्लेख गर्दै एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी चिन्तनका कारणले सफल हुन नसकेको बताउनुभयो । उहाँले एमालेभित्रका बाम गठबन्धनका पक्षधरहरुले पार्टीभित्र सङ्घर्ष गर्नुपर्ने पनि बताउनुभयो । 

अध्यक्ष दाहालले माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताउनुभयो । विगतमा पार्टी छाडेर जानेहरुले विभाजनको औचित्य पुष्टि गर्न नसकेर मूल घरमै फर्किने क्रम बढेको प्रचण्डले बताउनुभयाे । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया