ओलीलाई बालकाेटमै गएर ट्युशन पढाउनै पर्ने भयाे : गगन थापा

 वैशाख १४, २०७९ बुधबार १८:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ट्युशन पढाउन बालकोट जाने बताउनुभएकाे छ । नेपाली कांग्रेस काठमाण्डाै जिल्ला सम्पर्क समन्वय समितिले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  

आफूले अघि सारेको समुन्नत नेपालको अवधारणालाई ओलीले चोरेको आरोप लगाएको भन्दै महामन्त्री थापाले आफ्नो समुन्नत नेपालको अवधारणा र ओलीको समृद्धिको अवधारणाको बीचको फरकका बारेमा पढाउन बालकोट नै जानुपर्ने भएको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘ओलीको समृद्धिमा अहङ्कार छ र मेराे समुन्नत नेपालमा मानिसको जीवनमा भएको दुःखलाई समाधान गर्ने खोजी छ । उहाँले महाधिवेशनकाे बेलामा पनि सम्मुन्नत नेपाल भन्ने अवधारणा चाेर्‍याे भन्नुभएकाे थियाे । हिजो पनि चोर्‍याे भन्नुभएछ । मैले यसको बारेमा उहाँलाई भन्नैपर्छ । उहाँलाई पनि दौडधुप छ, मलाई पनि दौडधुप छ । उहाँ अध्यक्ष र म महामन्त्री, हाम्रो आफ्नै भ्याइनभ्याइ छ । अलिकति भ्याएको बेलामा चाहिँ म बालकोटै गएर ट्युशन पढाउने हो । मेराे समुन्नत नेपालीकाे अवधारणा र उहाँकाे समृद्धिकाे अवधारणाबारे ट्युशन पढाउनै पर्ने भएकाे छ ।’

महामन्त्री थापाले ओलीको समृद्धि र आफ्नो समुन्नत नेपालको अवधारणाको सम्बन्धमा एमालेका नेताहरूसँग बसेर बहस गर्न तयार रहेको चुनौती पनि दिनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया