टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
भारतीय सेनाका प्रमुख बिपिन रावतले चीनसँग आर्थिक सहयोग लिइरहेका देशहरुले छिट्टै नै फ्रीमा केही पनि नपाइने रहेछ भनेर महसुस गर्ने बताएका छन् ।
बिमस्टेकको ‘संयुक्त सैन्य अभ्यास’ को समापन गर्दै रावतले पछिल्ला दिनहरुमा नेपाल चीनसँग नजिकिँदै गएको भन्दै टिप्पणी गरेका थिए । पछिल्ला दिनहरुमा नेपाल र चीनको निकटता बढ्दै गएको भन्दै रावतले भने, ‘कुनै पनि देशले आर्थिक विकास गर्न चाहन्छ भने उसले द्विपक्षीय र बहुपक्षीय सहयोग खोज्नुपर्दछ । चीनसँग प्रशस्तै पैसा छ, त्यसैले खर्च गरिरहको छ । तर जुन देशले उसको सहयोग लिइरहेका छन्, उनीहरुले छिट्टै नै थाहा पाउनेछन् कि फ्रीमा त केही पनि पाइँदो रहेनछ ।’
सेना प्रमुख रावतले यस्ता खालका सम्बन्ध अस्थायी हुने बताउँदै वैश्विक सामाजिक–आर्थिक परिदृश्यमा आउने परिवर्तनसँगै यस्ता सम्बन्धहरुमा पनि परिवर्तन आउने बताए । सेना प्रमुख रावत भन्छन्, ‘यसको सबैभन्दा उपयुक्त उदाहरण अमेरिका र पाकिस्तानको सम्बन्ध रहेको छ । पहिले जस्तो सम्बन्ध दुई देशबीच थियो, अहिले बिल्कुलै त्यस्तो छैन । यस्तोमा हामीले अस्थायी एलायन्सलाई चिन्ता लिनुपर्ने आवश्यकता छैन । हामीले आफ्नै अर्थव्यवस्था बलियो बनाउनुपर्छ ।’
सेनाप्रमुख रावतले नेपाल तथा भुटानजस्तो भौगोलिक बनावट भएका देशले भारतप्रति झुकाव राख्नुपर्ने पनि बताए । उनले भने, ‘भारत आफ्ना छिमेकी देशहरुसँगको कुटनीतिक सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ । भारतले छिमेकी पहिला तथा एक्ट इस्टको सिद्धान्तमा अगाडि बढिरहेको छ । बिमस्टेक पनि यसैको हिस्सा हो । हाम्रो देश ठूलो छ । यदि हामीले यसको सुरुवात गर्छौँ भने अरु देशले त्यसको अनुशरण गर्नेछन् ।’
सेनाप्रमुख रावतले भारतको आर्थिक प्रतिस्पर्धीका रुपमा चीन रहेको बताउँदै दक्षिण पूर्वी एसियामा आफ्नो प्रभुत्व देखाउन दुवै देश लागिपरेको बताए ।
एक हप्ता पुणेमा चलेको संयुक्त सैन्य अभ्यासमा बंगलादेश, भारत, म्यानमार, श्रीलंका, तथा भुटानका सैनिकहरु सहभागी भएका थिए । थाइल्याण्ड र नेपाल भने सैन्य अभ्यासमा सहभागी भएनन् । नेपाल र थाइल्याण्डले आ–आफ्ना पर्यवेक्षक टोलीलाई सैन्य अभ्यासमा पठाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Mohan sunuwar
Sept. 18, 2018, 5:45 a.m.त्यसो त भारतले के चाहिँ सित्तैंमा दियो त ? नाकाबन्दी ? १९५० को सन्धी ? फटाहाहरु ...अरुको सीमाना मिच्ने अनि भारत प्रति झुकाव राख्नु भन्ने अधिनायकवादी कुरा गर्ने ?