प्रधानमन्त्री देउवालाई नै याे गठबन्धनकाे गन्तव्य के हाे थाहा छैन : अध्यक्ष ओली

 वैशाख २६, २०७९ सोमबार १९:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि सत्तारूढ गठबन्धन समाप्त हुने दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारूढ गठबन्धन वैशाख ३० गतेको पालिका चुनावपछि समाप्त हुने बताउनुभएको हो । 

आज साेमवार ललितपुरको जावलाखेलमा पार्टीले आयाेजना गरेकाे चुनावी सभामा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकिर गर्नुभयो । यही प्रश्न प्रचण्डलाई सोध्यो भने उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो । 

उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवालाई सोध्नुस् त यो गठबन्धन के हो भनेर ? उहाँ आफैँले सोध्नुहुनेछ गठबन्धन भनेको के ? उल्टै निहुँ खोज्या भन्नुहुन्छ । प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन् । माधव नेपालले अर्कै भन्लान् । यिनीहरूको गन्तव्य नै केही छैन । भोलि कता जाने हो ? केही थाहा छैन यिनीहरूलाई । अब ३० गतेपछि यो पाँच दलीय गठबन्धन बाग्मतीमा सलल । अब गठबन्धन चल्नेवाला छैन ।’

ओलीले चुनावकाे बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारूढ दलहरूबाटै भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सत्तारूढ गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको पनि उहाँले दाेहाेर्‍याउनुभयाे । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया