सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने पालिका चुनावमाको महान् अभियानमा सहभागी भइ मतदान गर्न आह्वान गर्नुभएको छ ।
मौन अवधि सुरु हुन केही घण्टा बाँकी रहँदा एक अपिल जारी गरेर देउवाले पालिका सङ्घीय शासन प्रणालीको आधारस्तम्भ र चुनाव लोकतन्त्रको बलियो आधार भएको बताउनुभएको छ । अपिलमा सभापति देउवाले अरू कुरा गर्छन्, हामी काम गर्छाैँ भन्दै भोट माग्नुभएको छ । हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा स्थानीय सरकार भएको भन्दै उहाँले निरन्तर लोकतान्त्रिक सङ्घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको हो ।
पाँच दलीय गठबन्धनमा आबद्ध कांग्रेसका सभापति देउवाले अपिलमा कांग्रेसको रुख चिह्नका लागि मात्रै मत माग्नुभएको छ । गठबन्धनलाई जिताउन अपिल नगरे पनि उहाँले संविधानलाई कुल्चेर पटक–पटक संसद् विघटन गरी अधिनायकवादी शैली प्रदर्शन गरेपछि पाँच दलीय गठबन्धन बनेको र यो चुनावमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्था भएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।