सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेताहरूको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताउनुभएकाे छ । आफैँले लेखेकाे 'अतृप्त अवसर' पुस्तककाे लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
डा. वाग्लेले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । देशको विद्यमान पद्धति र प्रणालीमा सुधार आवश्यक रहेको उहाँकाे भनाइ छ ।
डा. वाग्लेले भन्नुभयो, ‘आफ्नै कुर्सीमात्रै जोगाउने स्थिरताले त केही दिँदो रहेनछ । नीतिगत सुनिश्चितता चाहिँ हुनुपर्याे । सरकारको तीन वर्षे, पाँच वर्षे नहेरौँ । लामो हेरौँ । अर्को नेता विशेषको ओझ, नेता विशेषको करिस्मा भन्दा पनि अन्ततः पद्धति र प्रणालीमा सुधार नगरिकन डेलिभरी हुँदोरहेनछ भन्ने कुरा हामीले निरन्तर देखिराखेको छौँ ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो । विकासका लागि पाँचद वर्षको नभइ २५ वर्षको योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा काम गर्न नीतिको कमी नभए पनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।