काठमाण्डाै महानगरमा नयाँ जनप्रतिनिधि आएपछि १ सय १६ वटा न्याय...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकाभित्रको फोहर पहिलो पटक बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्यान्टफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आज मङ्गलवारदेखि उपत्यकाको फोहर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।
नुवाकोटको सिसडोल ल्यान्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानामा रहेकाे बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माणको काम सुरु गरेको थियो । लामो समयदेखि काठमाण्डाै र ललितपुरमा थुप्रिएको फोहर हिजाे साेमवारदेखि उठ्न थालेको हाे ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाण्डाै महानगरपालिकाले साेमवार राति नै विसर्जनका लागि बन्चरेडाँडामा फाेहार पठाइएको थियो । आज पनि काठमाण्डाैबाट फोहर बोकेका ट्रक बन्चरेडाडाँ पठाइएका छन् ।
अहिले काठमाण्डाै र ललितपुरबाट एक सय वटा ट्रक फोहर बन्चरेडाँडा पठाइएकाे ल्यान्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिनुभयो । स्थानीयवासीले विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उहाँले बन्चरेडाँमा अब निरन्तर फोहर विसर्जन गरिने बताउनुभयो ।
काठमाण्डाैमा नयाँ मेयर आउनुअघि नै फोहर व्यवस्थापन गर्न पहल भइरहेको काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिनुभयो । उहाँले जुनसुकै परिस्थितिमा पनि फोहर व्यवस्थापनका लागि महानगर तत्पर रहेको बताउनुभयो ।
यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण त्यस काममा समस्या भएको थियो । काठमाण्डाै र ललितपुरका चोक तथा गल्लीहरूमा फोहर थुप्रिएको भन्दै मन्त्री झाँक्रीले सरोकारवाला निकायलाई यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । फोहर व्यवस्थापनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री झाँक्रीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।