पार्टीभित्रको अन्तर्घातका कारण चुनाव हारियो, बृहत् समीक्षा गर्नुपर्छ : ओली

 जेठ ११, २०७९ बुधबार १७:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका व्यक्तिको अन्तर्घातका कारण पार्टी दोस्रो स्थानमा झरेको दाबी गर्नुभएको छ । 

संसद् भवन नयाँ बानेश्वरमा आज बुधवार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पालिका चुनावमा पार्टी हार्नुको कारण अरू नभइ अन्तर्घात नै भएको बताउनुभएको हो ।

यसअघि अरू पार्टीमा हुने गरेको अन्तर्घातको डरलाग्दो समस्या यस पटक एमालेमा देखिएको भन्दै ओलीले यस्ता गलत कर्म गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी पनि दिनुभएको बैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन् । 

‘कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा नभइ यस पटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो, यस विषयमा बृहत् रूपमा समीक्षा गरिनुपर्छ’, अध्यक्ष ओलीले भन्नुभएको छ । उहाँले केही–केही ठाउँमा सत्ता पक्षले धाँधली गरेको समेत आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया