जनप्रतिनिधिलाई नेकपा एसको निर्देशन : जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नू, चुनावी वाचा नभुल्नू

 जेठ ११, २०७९ बुधबार १८:४२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो दलबाट विजयी जनप्रतिनिधिलाई यही १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

पार्टीका महासचिव वेदुराम भुसालले आज बुधवार विज्ञप्ति निकालेर जवाफदेहिता र पारदर्शिता नागरिकको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र भएकाले पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई जेठ १७ गतेभित्र आ–आफ्नाे सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिनुभएको छ । उहाँले यसको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन दिनुभएको छ ।

निर्देशनमा नागरिकको विश्वासप्रति सधैँ इमानदार रहन, नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न, चुनावको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्न तथा निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवम् सादा जीवनशैली र असल आचरणको अवलम्बन गर्न पनि निर्देशन दिनुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया