हामीलाई निजगढ विमानस्थल चाहिन्छ : बाबुराम भट्टराई

 जेठ १३, २०७९ शुक्रबार १८:१०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबने नेपालकाे विकासमा दूरगामी असर पर्ने टिप्पणी गर्नुभएकाे छ । निगजढ विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले देशकाे विकासमा दूरगामी असर पार्ने उहाँले टिप्पणी गर्नुभएको हाे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले याे विमानस्थलको विकल्प नरहेको तर्कसमेत गर्नुभयो । 

आज शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले वीरगञ्जजस्तो देशको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक नाकालाई काठमाण्डाैसँग जोड्ने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ हुने भएकाले त्यसलाई रोक्दा नेपालको विकासमा दूरगामी असर पार्ने बताउनुभयो ।

भट्टराईले भन्नुभयो, ‘जेहोस् हामीलाई यो चाहिन्छ । काठमाण्डाैले त आन्तरिक पनि धान्न नसक्ने अवस्था आइसक्यो । विदेशीहरू आउने भनेको राजधानीमै हो । विमानस्थल हुँदा यातायात, सञ्चार र ढुवानीको निम्ति मद्दत पुग्छ । त्यसो हुनाले त्योभन्दा बाहेक अन्यत्र उपयुक्त ठाउँ छैन ।’

भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैत्री नभएको पनि दोहोर्‍याउनुभयाे । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • अरुण कुमार यादव

    May 30, 2022, 11:50 p.m.

    तपाईंको यो समाचारको लेखमा गल्ती गर्नु भएको जस्तो लाग्यो। नेपाल देशमा बीरगंज देश नभएर बीरगंज शहर वा अन्य केही लेखिन्थ्यो जस्तो लाग्छ। हेर्नुहोस् एकचोटी।।

  •  0 Reply
  • Bijendra

    May 29, 2022, 6:22 a.m.

    भट्टराई जस्तो बिकास बाधक र बेकामे अरु कोहि हुन्न होला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया