चुनाव आउँदैछ, मन्त्रीहरूको जिल्लामा ठूला बाटो बनाउने नीति तथा कार्यक्रममा छ : लिङ्देन

 जेठ १३, २०७९ शुक्रबार १८:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरूको चुनाव लक्षित कार्यक्रम मात्रै भएको आरोप लगाउनुभएको छ । आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद लिङ्देनले यस्तो बताउनुभएको हो । 

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर गर्नुभयो । उहाँले शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद भएको बताउनुभयो ।

सांसद लिङ्देनले भन्नुभयो, ‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत पाँच वर्षयता हेरिरहेको छु । पाचौँ पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नीति तथा कार्यक्रममा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने ल्याउनुभयो । मन्त्रीहरूको जिल्लामा ठूला–ठूला बाटो बनाउने नीति तथा कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो ? मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरू वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन् । तिनीहरूको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा । अर्को साल मल पाउने कुराको सुनिश्चितता कहाँ छ ? नीति तथा कार्यक्रमले त्यस्तो विषयहरू छुनु पर्छ कि पर्दैन ? प्राथमिकताहरू कसरी निर्धारण हुन्छन् ? हाम्रो देशको प्राथमिकता के हो ? चुनाव आउँदैछ, त्यसैले सबैले आफ्नो–आफ्नो योजना टिपाइहालौँ भनेर नीति तथा कार्यक्रममा टिपाएको छ ।’

सांसद लिङ्देनले देशको अहिलेको प्राथमिकतालाई चुनावमुखी कार्यक्रमको संज्ञा दिनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया