प्रधानमन्त्री देउवा भारत जाँदा चुच्चे नक्सा र ईपीजीबारे चुँ पनि गर्नुभएन : पाेखरेल

 जेठ १३, २०७९ शुक्रबार १९:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताउनुभएको छ । 

आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हित विपरीतका कुराहरूलाई लुकाउने प्रयास गरेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा ईपीजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा सरकारले परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको चरम अयोग्यता र राष्ट्रिय हित विपरीतका कुराहरू लुकाउने प्रयास गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका समयमा आफ्ना कुरा उठाउन सक्नुभएन । म लज्जाबोध गर्दछु । त्यहाँ उहाँको लाचारीपूर्ण उपस्थिति मात्रै रह्यो । नेपाल–भारत दुवै देशका सरकारका प्रतिनिधिको तर्फबाट सहमतिमा तयार गरिएको ईपीजी प्रतिवेदन र नेपालको चुच्चे नक्सा जस्ता महत्त्वपूर्ण विषयमा प्रधानमन्त्रीजीले चुँसम्म पनि गर्नुभएन । यो खेदजनक कुरा थियो ।’

वरिष्ठ उपाध्यक्ष पाेखरेलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको उपस्थिति लज्जाजनक भएको बताउनुभयो । त्यसैगरी उहाँले सरकार एक चीन नीतिको विपरीत अगाडि बढेको हो ? भन्ने प्रश्नसमेत गर्नुभयो । अमेरिकी विदेश सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई भेट्न दिएकोप्रति उहाँले आपत्ति जनाउनुभयो । 

पाेखरेलले एमालेलाई हमला गरेर सिध्याउने र पालिका चुनाव नगरेर डरलाग्दो रिक्तता सिर्जना गर्ने सत्तारूढ गठबन्धनको योजना असफल भएको दाबी गर्नुभयाे । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया