युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ मा रहेको विद्युत् प्रसारण लाइनको तारमा एक जना मानिस हिँडिरहेकोले ६० मेगावाट क्षमताको त्रिशूली थ्री 'ए' जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ ।
बिहान १० बजेदेखि प्रहरी र स्थानीयवासीले तल झर्न अनुरोध गर्दा पनि प्रसारण लाइनको तारमा पुगेका मानिस तल झरेका छैनन् । ती व्यक्तिलाई तल झर्न अनुरोध गर्नेभन्दा बाहेक आफूहरुसँग अरु उपाय नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आफूहरुसँग तारमा रहेको मानिसलाई तल झार्ने प्रविधि नरहेको र पोलमा चढेर ती व्यक्तिलाई पक्राउ गर्न सक्ने तालिम प्राप्त जनशक्ति पनि नभएकोले अहिले पर्खेर बस्नुको विकल्प नभएको प्रहरीले जनाएको छ ।
प्रसारण लाइनमा चढेका व्यक्तिलाई झार्न विद्युत् प्राधिकरणले केही उपाय गरेमात्रै नत्र ती व्यक्ति आफैँ तल नझरुञ्जेल अरु उपाय नभएकोले ती व्यक्तिलाई अनुरोध मात्रै गरिरहेको प्रहरीको भनाइ छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
puran singh ayer
June 11, 2022, 4:45 p.m.4 वटा क्रेन को सहयोगमा ठुला आर्मी का क्याप्म त्रीपाल को सहयोगमा तारमा हिडिने ब्याक्ती लाई झार्न सकिन्छ ती प्रहरी बाट त्यो काम हुदैन आर्मी लाई बोलाउनुस तालीम प्राप्त हुन्छन् मैले एउटा् हलिवड मुभी मा देखेको छु
Bhoj Bohara
June 11, 2022, 4:42 p.m.हेलिकेप्टर बाट रसिमा मान्छे पठाएर एकदम सेफ्टीका साथ मान्छे पठाउने त्यो तारमा भएको मान्छेलापनि रसिले राम्रोसँग बाधेर अनि ल्याउन सकिन्छकी मेरो सुझाव
Panchakaji shrestha
June 11, 2022, 4:38 p.m.हेलिकप्टर बाट डोरी झारेर निकाल्ने