उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्व कप लिग–२ अन्तर्गतका खेलमा सबै खेल जित नजिक पुगेर हारेको बताएका छन् । अमेरिकासँगकाे खेलमा पराजित भएपछि सञ्चारकर्मीहरूसँग बाेल्दै उनले सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको बताएका हुन् ।
ब्याटिङमा साना गल्तीहरू भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने कप्तान लामिछानेकाे भनाइ छ । आफूलाई साथ दिन अन्य स्पिनर बलरहरूले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको उनले बताए । खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडी अनुभवहीन भएकाले सिक्दै अघि बढ्नुपर्ने उनकाे भनाइ छ ।
लामिछानेले भने, ‘जितको एकदम नजिक पुगेर हारिरहेका छौँ । हामीले सबै खेल जित्नुपर्ने हो । तर अन्तिममा गएर नियन्त्रण गुमाइरहेका छाैँ । मैले पनि सोचेजस्तो राम्रो गर्न सकेको छैन । आउँदा खेल हाम्रा लागि चुनाैतीपूर्ण हुन्छ । आउँदा खेलमा म आफ्नो तर्फबाट जतिसक्दो सुधार गर्नेछु ।’
आईसीसी विश्व कप लिग–२ त्रिदेशीय एकदिवसीय शृङ्खलाकाे अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हाे । अमेरिकासँगको हारसँगै नेपाल १६ खेलबाट १५ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ ।
सात देश सम्मिलित समूह चरणमा ४४ अङ्कसहित ओमान शीर्ष स्थानमा छ । ओमानले लिग–२ अन्तर्गतका सबै खेल खेलिसकेको छ । त्यस्तै २० खेलबाट २८ अङ्कसहित स्कटल्यान्ड दोस्रो, २२ खेलबाट २६ अङ्क जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अङ्कसहित अमेरिका चौथो स्थानमा छ ।
नेपालभन्दा मुनि छैटौँ स्थानमा १४ खेलबाट १४ अङ्क जोडेको नामिबिया र २० खेलबाट दुई अङ्क जोडेको पपुवा न्युगिनी सातौँ स्थानमा छन् । नेपालले अहिलेसम्म खेलेको १६ खेलमा सातमा जित र आठमा हार बेहाेरेकाे छ भने एक खेल बराबरी खेलेकाे छ ।
यो शृङ्खलाकाे आफ्नाे पहिलाे खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो । त्यस्तै तेस्रो खेलमा ओमानलाई सात विकेटले पराजित गरेको नेपालले चौथो खेलमा अमेरिकासँग ३९ रनको हार बेहाेरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।