अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । गएराति भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई डीएल पद्धतिकाे आधारमा २६ रनले हराएको हो ।
यस जितसँगै श्रीलङ्काले पाँच खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । श्रीलङ्काले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८९ रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ३७ रन बनाए भने ग्लेन म्याक्सवेलले ३०, स्टेभेन स्मिथले २८, टार्भिस हेडले २३, मार्नुस लाबुस्चेन्जले १८, एलेक्स केरीले १५ र कप्तान आरोन फिन्चले १४ रान बनाए ।
श्रीलङ्काका चामिथा करुनारत्नेले ३ विकेट लिए भने दुश्मन्था चामिरा, धनञ्जय डी सिल्भा र दुनिथ वेलागेले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २ सय २० रन जोडेको थियो ।
वर्षाले खेल प्रभावित भए पछि डीएल पद्धतिकाे आधारमा अस्ट्रेलियाले ४३ ओभरमा २ सय २१ रनको लक्ष्य पाएको हो । श्रीलङ्काका कुशल मेन्डिसले सर्वाधिक ३६ रन बनाए । यस्तै कप्तान डसुन शनका र धनञ्जय डी सिल्भाले समान ३४/३४ रन बनाए भने दुनिथ वेलागेले २०, चामिका करुनारत्ने र धनुश्का गुनाथिलकाले १८/१८ रन जोडे ।
अस्ट्रेलियाका पाट कमिन्सले ४ तथा ग्लेन म्याक्सवेल र म्याथ्युले २/२ विकेट लिए भने मिचेल स्विपसनले एक विकेट लिए । पहिलो एक दिवसीयमा अस्ट्रेलियाले श्रीलङ्कालाई २ विकेटले हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।