अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन : प्रधानमन्त्री ओली
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – अहिले मधेस प्रदेशबाहेक देशका सबैजसो ठाउँको मौसम बदली भएको छ । धेरैजसो ठाउँमा खण्ड–खण्ड गरेर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै एक ठाउँमा एकैछिन पानी पर्ने, रोकिने अनि फेरि नजिकै अर्को ठाउँमा पानी पर्ने भइरहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसोपख स्थानीयरूपमा बनेको वायुका कारण मौसम बदली भएको हो ।
मधेसप्रदेश बाहेक सबैजसो ठाउँमा पानी परिरहेको भए पनि कुनै एक ठाउँमा पानी पर्दा अर्को ठाउँमा परेको छैन । तर बादल विकास भएकाले हिजो/अस्तिको तुलनामा आज शीतल महसुस भएको छ । केही दिनयता चर्केको घामका कारण तराई मधेसमा गर्मी भए पनि पहाडी क्षेत्रमा आज केही राहत महसुस गरिएकाे छ ।
गर्मी सुरु भएपछि हिजो काठमाण्डौमा यो वर्षकै सबैभन्दा धेरै ३२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा शीतल महसुस गरिएको छ । तराई–मधेसमा भने गर्मीका कारण जनजीवन प्रभावित भएको छ । मधेस प्रदेशमा आज पनि पानी पर्ने सम्भावना नभएको नगरकोटीले बताउनुभयो । देशका अरू ठाउँमा भने आज र भोली छिटफुट पानी पर्ने अनुमान छ ।
भोलि बेलुकादेखि भने मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।