गृहले भन्याे– झण्डावाल र अत्यावश्यक सेवाका सरकारी गाडीलाई अवराेध नगर्नु

 साउन ५, २०७९ बिहीबार १४:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले झण्डावाल र अत्यावश्यक सेवाका सरकारी गाडी सार्वजनिक बिदामा चलाउन सवारी पास आवश्यक नपर्ने जनाएको छ । मन्त्रालयले झण्डावाल गाडी, सुरक्षा निकायले प्रयोग गर्ने गाडी, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक यातायातका साधनलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने बताएको हो ।

सरकारी बिदाका दिन राष्ट्रिय झण्डा लिएर हिँड्ने र अत्यावश्यक सेवाका सरकारी गाडीलाई अवरोध नगर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई परिपत्र गरेको छ । एम्बुलेन्स, वारुणयन्त्र लगायतका गाडीलाई पनि अवरोध नगर्न भनिएको छ । यस्ता गाडीलाई जाँचका नाममा लामो समयसम्म नअड्काउन पनि भनिएको छ । यसबारेमा नागरिकलाई समेत सुसूचित गराउन मन्त्रालयले भनेको छ ।

साथै मन्त्रालयले सरकारी गाडी बिदाको दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य पास लिनुपर्ने व्यवस्था कडाइका साथ लागू गराउन निर्देशन दिएको छ । केही दिनदेखि सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएको भन्दै विभिन्न समूहले सरकारी गाडी रोक्ने, चाबि खोस्ने लगायतका गतिविधिहरू भएका थिए । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया