डाक्टर अरनिको पाँडेले ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवारी दिने

 साउन ५, २०७९ बिहीबार १७:३९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – विभिन्न विषयका विज्ञ डाक्टर अरनिको पाँडेले आउँदो प्रतिनिधि सभाको चुनावमा ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुहुने भएको छ । 

पाँडेले आज बिहीवार सामाजिक सञ्जालमार्फत आफूले ललितपुर ३ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । जलवायु परिवर्तन, वातावरण र दिगो विकास जस्ता क्षेत्रमा देश–विदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्ने पाँडेले उल्लेख गर्नुभएको छ । 

पाण्डेले विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र विस्कन्सिन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ । यस्तै एमआईटी बाट विद्यावारिधी गर्नुभएको छ भने उहाँले भर्जिनिया विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको छ । उहाँले काठमाण्डौ उपत्यकाको वायु प्रदूषणबारे अनुसन्धान र विद्यावारिधी गर्नुभएको छ । 

यस्तै डाक्टर पाँडेले विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम लगायतका दातृ निकायमा उहाँले विज्ञ र सल्लाहकारका रूपमा काम गरिसक्नुभएको छ । 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया