चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदै

 साउन ६, २०७९ शुक्रबार ७:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । आज बिहान ८ बजेपछि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसाे मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ ।

आज सार्वजनिक हुने मौद्रिक नीतिबारे राष्ट्र बैंकले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्व पौडेल, अर्थ सचिव मधुकुमार मरासिनी लगायतलाई ब्रिफिङ गरिसकेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति कसिलो हुने सङ्केत राष्ट्र बैंकले दिइसकेको छ ।

ब्याजदर बढ्ने, घरजग्गा र गाडी खरिदमा कडाइ, बिलासी वस्तुको आयातमा कडाइ, विदेशी मुद्राको सञ्चिति बढाउने, बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित लगायतका विषय मौद्रिक नीतिमा समेट्ने तयारी भइरहेको छ। यस्तै, बजेटले लिएको लक्ष्य अनुसार ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा मौद्रिक नीति केन्द्रित हुनेछ ।

राष्ट्र बैंकले कसिलो मौद्रिक नीति बनाउने तयारी गरिरहँदा निजी क्षेत्रले भने लचक मौद्रिक नीतिको अपेक्षा गरेको छ। 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया