शेयर बजार २७ अङ्कले घट्याे

 साउन ६, २०७९ शुक्रबार १३:२१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज पनि घटेकाे छ । हिजाे बिहीवार झन्डै ६ अङ्कले घटेकाे शेयर बजार आज शुक्रवार २७ दशमलव २६ अङ्कले घटेर दुई हजार १७ दशमलव ४६ विन्दुमा झरेको छ । 

आज सबै समूहकाे शेयर घटेकाेमा उत्पादन, बीमा, विकास बैंक, हाेटल तथा पर्यटन र व्यापार समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ । 

आज दुई सय १२ वटा कम्पनीकाे ३३ लाख २० हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो । 

आज सप्तकाेशी विकास बैंककाे शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्रमा बजार घटे पनि किसान लघुवित्तकाे शेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया