उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - भारतले पहिलो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई तीन रनले हराएको छ । वेष्ट इन्डिजको पोर्ट अफ स्पेन आज बिहान सकिएको खेलमा भारतले वेष्ट इन्डिजलाई तीन रनले हराएको हो ।
यो जितसँगै तीन खेलको एक दिवसीय श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो । जितका लागि ३ सय ९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रन मात्रै बनाउन सक्यो ।
वेष्ट इन्डिजलाई जितको लागि अन्तिम ओभरमा १४ रन आवश्यक थियो । तर मोहम्मद शिराजाले एक चौकासहित ११ रन खर्चेपछि भारतको रोमाञ्चक जित पक्का भयो । वेष्ट इन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७५ रन बनाए । ओपनर शाइ होप ७ रनमै आउट भए । ब्रेन्डम किङ्ग ५४ र शमराह ब्रुक ४६ रनमा आउट भए ।
कप्तान निकोलस पुरन २५ र रोभम्यान पावेल ६ रनमा आउट भए । अकिल हुसैन ३२ र रोमारियो शेफर्ड ३९ रनमा अविजित रहे । भारतका मोहम्मद शिराज, शार्दुल ठाकुर र युजभेन्द्र चहलले दुई/दुई विकेट लिए । त्यसअघि भारतका कप्तान शिखर धवन ९७ रन, ओपनर शुभमन गिल ६४ रनमा आउट भए ।
गिल र धवनले पहिलो विकेटका लागि १ सय १९ रनको शतकीय साझेदारी गरेका थिए । श्रेयस ऐर ५४, सूर्यकुमार यादव १३, सन्जु स्यामसन १२, दीपक हुडा २७ र अक्षर पटेल २१ रनमा आउट भए । वेष्ट इन्डिजका अल्जारी जोशेफ र गुडाकेश मोटीले दुई/दुई विकेट लिए ।
भारत र वेष्ट इन्डिजबीचको दोस्रो एक दिवसीय खेल आइतवार हुनेछ । यो श्रृङ्खलामा भारतले रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई आराम दिएको छ । भारतको कप्तानी शिखर धवनले गरेका छन् । वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी-२० र एक दिवसीय श्रृङ्खला जितेको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।