नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने

 साउन ७, २०७९ शनिबार १६:१८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत रुपमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।  

यस्तै, टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले जनही १४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्वर्ण पदक विजेताले मात्रै नगद पाउने र रजत तथा कास्य पदक विजेता खेलाडीले मेडल र प्रमाणपत्र मात्रै प्राप्त गर्ने राखेपले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ गतेदेखि  कात्तिक ३ गतेसम्म हुँदैछ ।  प्रतियोगितामा ३६ खेलमा झण्डै ७ हजार खेलाडीले सहभागिता जनाउने सम्भावना छ । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया