सुनकाे भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ६१ दशमलव शून्य ५ अङ्कले बढेर दुई हजार ७८ दशमलव ५१ विन्दुमा पुगेको हो ।
आज सबै समूहको शेयर बढेर बजार हरियो भएकोमा फाइनान्स, बीमा, विकास बैंक र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज बजारसँगै कारोबार सङ्ख्या र रकम पनि बढेको छ । दुई सय १९ वटा कम्पनीका ६४ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३९ करोड ७१ लाख तथा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, एनआईसी एसिया र अरुण काबेली हाइड्रोको ६ करोड रुपैयाँभन्दा धेरैकाे शेयर किनबेच भयाे ।
आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।