सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
ललितपुर – ललितपुर मोबाइल व्यवसायी सङ्घले दोस्रो स्थापना दिवसको अवसरमा रक्तदानसहितका विविध कार्यक्रम गरेको छ ।
लायन्स क्लब अफ जावलाखेल फ्रेन्ड्स, सिभिल बैंक र धनलक्ष्मी सहकारी संस्थाको सह–आयोजनामा सङ्घले जावलाखेलको उग्रचण्डी पार्टी प्यालेसमा रक्तदान र आँखा शिविर कार्यक्रम गरेको हो । रक्तदानमा ५४ पिन्ट रगत सङ्कलन भएको छ । यस्तै ५७ जनाले आँखा जाँच गराएका ललितपुर मोबाइल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
शिविरमा ४८ जनाले दाँतको जाँच गराएका छन् । सङ्घले गएकाे वर्ष पनि विविध कार्यक्रम गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।