नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – हिजो झण्डै ४५ अंकले घटेको शेयरबजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २ हजार १ सय ११ दशमलव ९९ विन्दुमा पुगेको छ ।
व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स र जलविद्युत समूहको शेयर उच्च अंकले उकालो लागेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा आज २ सय २७ वटा कम्पनीका ७५ लाख ८ हजार कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको झण्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो । आज जानकी फाइनान्स, यनाइटेड मर्दि हाइड्रो तथा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।