सुनको भाउ फेरि निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
रूससँगको युद्धमा अहिलेसम्म आफ्ना झन्डै ९ हजार सैनिक मारिएको युक्रेनले जनाएको छ । झन्डै ७ महिनादेखि चलिरहेको युद्धमा ती सैनिकको ज्यान गएको युक्रेनले विवरण सार्वजनिक गरेको हो ।
युक्रेनका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युद्धका कारण बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको समेत बताउनुभएको छ । उहाँले भन्नुभयो,‘थुप्रै बालबालिकाका अभिभावकहरू युद्धको मैदानमा छन्, ती मध्ये कतिपयले ज्यान गुमाएका छन् । अभिभावक गुमाएका बालबालिकाको पालनपोषण र शिक्षा–दीक्षामा गम्भीर समस्या देखिएको छ ।’
युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
युक्रेनले भोलि आफ्नो ३१औँ स्वतन्त्रता दिवस समेत मनाउँदैछ । दिवसका अवसरमा ठूला आक्रमणका घटना हुनसक्ने आशङ्कामा पर्सि बिहीवार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ । देशको दोस्रो ठूलो सहर खार्किभमा आज बेलुकादेखि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ ।
रुसी सेनाले राजधानी कीएभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भू–भागमा आक्रमणलाई केन्द्रित गरेको छ । रुस–युक्रेन युद्धका कारण ऊर्जा इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ । युद्धको प्रभाव विश्वभर नै परेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।