खो–खो विश्वकपमा नेपाली महिला टाेलीकाे लगातार तेस्राे जीत
माघ २, २०८१ बुधबार
सङ्खुवासभा - सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोबाट विस्थापितले खाँदबारीमा जग्गा पाएका छन् । पहिरोबाट विस्थापित बनेको दुई वर्षपछि उनीहरुले आफ्नै नाममा लालपुर्जासहित जग्गा पाएका हुन्।
जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्त रुपमा पहिरो विस्थापितलाई गोलाप्रथा गरी जग्गा बाँडफाँट गरेको हो । खाँदबारी नगरपालिका–७ मा रहेकाे भैरेडाँडामा ५५ परिवारको लागि ६९ रोपनी जग्गा १ करोड ३० लाख रुपैयाँमा खरिद गरिएको थियो । सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित ५५ घरपरिवारलाई जग्गा बाँडफाँट गरिएको हो ।
२०७७ साल असार २७ गते राति गएको पहिरोबाट ९२ घरपरिवार विस्थापित भएका थिए । तीमध्ये ५५ घरपरिवारले खाँदबारी नगरपालिकामा बस्न जग्गा व्यवस्थापन माग गरेका थिए । त्यस्तै बाँकी पहिरो विस्थापितलाई सिलिचोङको चित्रेमा २५ घरपरिवार र चेप्चेवाको बखल्टुमटार गाउँमा १२ घरपरिवारलाई स्थानान्तरण गर्ने गरी जग्गा खरिद गरिएको छ ।
चित्रेमा ५१ दशमलव ५ रोपनी ७० लाख रुपैयाँ र बखल्टुमटारमा १७ दशमलव ५ रोपनी जग्गा ३४ लाखमा खरिद गरी पहिरो विस्थापितको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको सिलिचोङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले बताउनुभयो । उहाँले पहिरो विस्थापितको नाममा खरिद गरिएको जग्गा चाँडै बाँडफाँट गरिने पनि बताउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिले २०७८ फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रकृया अगाडि बढेको थियो । सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरी जग्गा खरिद गरिएको हो । पहिरो विस्थापितलाई एकै ठाउँमा कम्तीमा १० घरपरिवार राख्ने गरी एकीकृत बस्ती अनुसार अगाडि बढेको हो ।
एकीकृत बस्तीमा खानेपानी, विद्युतीकरणलगायतका सेवा सुविधा समेत स्थानीय सरकारले उपलब्ध गराउनेछ । आफ्नै नाममा लालपुर्जा पाएपछि पहिरो विस्थापित खुशी भएका छन् । सिङ्गो गाउँ नै पहिरोले बगाएपछि बेसिन्दा र चेप्चेवाका नागरिक विस्थापित बनेका थिए । पहिरोमा परि ११ जना अझै बेपत्ता छन् । यसअघि २०६७ सालमा सिलिचोङकै सिकदिममा पहिरो जाँदा नागरिक विस्थापित बनेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।