कालीकोटमा मलामी गएका १३ जनालाई पहिरोले बगाएको पुष्टि भए पनि अवस्था अझै अज्ञात

 असोज २८, २०७९ शुक्रबार ७:४४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कालीकाेट - कालीकाेटको तिलागुफा नगरपालिका–४ मा पाँच दिनअघि मलामी जाँदा बेपत्ता भएका १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था थाहा हुन नसकेको हो ।

अन्त्येष्टि कर्म चलिरहँदा आएको पहिरोले उनीहरूलाई कर्णाली नदीमा बगाएको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुलाई पहिरोले बगाएको भन्ने पुष्टि भएको तर त्यसपछिको अवस्था थाहा हुन नसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

प्रहरीले खोजीको काम गरिरहेको उहाँको भनाइ छ । पहिरोमा परेका थप चार जनाको अवस्था पनि थाहा हुन नसकेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार तिलागुफामा थप तीन जना र खाँडाचक्रमा एक जना अझै बेपत्ता छन् ।

एक हप्ताअघिको बाढी पहिरोमा २३ जना बेपत्ता रहेकोमा ६ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । असोज १९ गतेदेखि सुरु भएको वर्षाका कारण आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेशमा मात्र १९ जना बेपत्ता भएका छन् ।

कालीकोट बाहेक दैलेख र जुम्लामा एक–एक जना बेपत्ता रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार वर्षाका कारण घरमा क्षति पुगेर ४ सय ८० जना विस्थापित भएका छन् ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया