आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाे – नेपालमा कूल ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयले गएको आर्थिक वर्ष २०७८/७९ मा नेपालभरि व्यावसायिकरुपमा सञ्चालनमा रहेका ठूला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेको थियो । सर्वेक्षणको नतिजाअनुसार देशभर एक हजार दुई सय ३३ वटा गाईपालन फार्म र नौ सय १४ वटा भैँसीपालन फार्म रहेका छन् ।
त्यस्तै, ४३ वटा राँगापालन फार्म, दुई हजार दुई सय ९५ वटा बाख्रा र च्याङ्ग्रापालन फार्म, पाँच सय ७२ वटा भेडापालन फार्म रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । मासु प्रयोजनका लागि एक सय १८ वटा र पाठापाठी उत्पादन प्रयोजनका लागि तीन सय ६४ वटा सुँगुरपालन फार्म सञ्चालनमा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा २६ हजार गाई र भैंसीबाट आठ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । सर्वेक्षणले नेपालमा ४४ हजार ८ सय ७३ वटा गाई/गोरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । ती गाई, गोरुमध्ये उन्नत जातको सङ्ख्या ३३ हजार ७ सय ५७ रहेको छ । त्यसमध्ये दूध दिने १५ हजार ३ सय ८० र नदिने ९ हजार १ सय ४ रहेको छ । प्रति गाई प्रति दिन सरदर १० लिटर दुध दिने गरेको पाइएको छ ।
दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर दूध भैंसीबाट उत्पादन भएको छ । त्यसमध्ये मुर्रा जातको भैंसीबाट सबैभन्दा बढी दुध उत्पादन हुने गरेको पाइएको छ । प्रति भैंसीबाट प्रत्येक दिन सरदर आठ लिटर दुध उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ । उत्पादित दुधमध्ये गाईको ८९ प्रतिशत भैंसीको ८५ प्रतिशत दूध बिक्री हुने गरेको सर्वेक्षणले देखाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।