नेपाल टेलिकमको आम्दानी सामान्य बढ्यो, नाफामा भने कमी

 कात्तिक ३०, २०७९ बुधबार १४:५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकमको आम्दानी बढेको छ भने नाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार साउनदेखि असोजसम्म टेलिकमको आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा आठ करोड ७७ लाख ४३ हजार रुपैयाँले धेरै हो । 

यस्तै तीन महिनामा कम्पनीको कुल सञ्चालन आय नाै अर्ब सात करोड ७५ लाख रुपैयाँ रहेको छ । यो गएकाे वर्षको तुलनामा ६९ करोड ७७ लाख रुपैयाँले कमी हो । टेलिकमको कुल आयमा सामान्य वृद्धि भए पनि नाफा भने घटेको छ । साउनदेखि असोजसम्म दुई अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा भएको र यो अघिल्लो वर्षको तीन महिनाको तुलनामा तीन करोड ४३ लाख रुपैयाँले थोरै भएको टेलिकमले जनाएको छ । 

भ्वाइस सेवाको प्रयोग घट्दो र मोबाइल डाटा किन्नेहरू बढ्नु, अरू कम्पनीमा हुने अन्तर–आबद्धता कल घट्नु, मौसम प्रतिकूलताका कारण बिजुली आपूर्तिमा कमी आएर सेवा प्रभावित हुनु लगायतका कारण नाफामा कमी आएको टेलिकमले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया