नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – हिजो मङ्गलवार साढे छ अङ्कले घटेको शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ४० विन्दुले बढेर एक हजार नौ सय ११ दशमलव २६ विन्दुमा पुगेको छ ।
बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ३२ वटा कम्पनीकाे २४ लाख ९५ हजार कित्ता शेयर ८५ करोड ९४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको छ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सिकलेस हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले र गणपति लघुवित्तको शेयर झन्डै आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि जनउत्थान लघुवित्तको शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।