राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधार हुँदै : गभर्नर अधिकारी

 कात्तिक ३०, २०७९ बुधबार १९:३३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गर्नुभएको छ । 

आज बुधवार नेपाल बैंक लिमिटेडको ८६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभएको हो । उहाँले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको सङ्केत नदेखिनेसमेत दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले यो वर्षको तीन महिनामको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको छ । हामी गएको वर्षभर नै धेरै नै तनावपूर्ण आर्थिक अवस्थामा रह्यौँ । यसबीचमा हामीले धेरै अप्रिय खालका नीतिगत निर्णयहरू पनि लियौँ । राष्ट्र बैंकले लिएको नीतिले सकारात्मकरूपमा काम गरेको कुरा अहिलेको रिजल्टबाट देखिएको छ । अर्थतन्त्रलाई सही ट्र्रयाकमा लैजाने आशामा छौँ ।’

गभर्नर अधिकारीले असोज मसान्तसम्म भुक्तानी सन्तुलन १२ अर्ब रुपैयाँले बढेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिबन्ध लगाउने लगायत धेरै नीति लिनुपरेको बताउनुभयो । असोजसम्ममा आयात ३५ दशमलव ७ प्रतिशत र निर्यात १६ दशमलव २ प्रतिशतले घटेको उहाँले बताउनुभयो ।

गभर्नर अधिकारीले तरलताका कारणले कुनै पनि बैंकलाई अप्ठेरो पार्ने स्थिति आउन नदिने दाबी पनि गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया