शेयर बजार साढे २५ अङ्कले बढ्यो, १ अर्ब ७१ करोड रुपैयाँको कारोबार

 मंसिर १, २०७९ बिहीबार १५:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयरबजार आज बिहीवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो बुधवार १३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नाै सय ३६ दशमलव ८३ विन्दुमा पुगेको छ । 

सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबार रकम पनि निकै बढेको छ ।

आज दुई सय २३ वटा कम्पनीका ४३ लाख ८४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको १४ करोड ३९ लाख र शिवम् सिमेन्टको १३ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सिकलेस हाइड्रो र सयपत्री हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि फरवार्ड माइक्रोफाइनान्सको शेयर सबैभन्दा धेरै तीन प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया