आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलवारदेखि मात्रै हुने भएको छ । आज शुक्रवार कारोबार बन्द छ ।
शनिवार, आइतवार र सोमवारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतवार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ । सरकारले चुनावलाई केन्द्रमा राखेर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ । त्यस कारण शेयर कारोबार पनि ती दिनमा नहुने भएको हो ।
मङ्सिर १ गते बिहीवार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ३६ दशमलव ८३ विन्दुमा पुगेको थियो । बिहीवारकाे कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख रुपैयाँ बराबर रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।