टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्रराय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारमा रहेकाे सङ्घीय संसद् सचिवालयमा आज शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उहाँहरूलाई शपथ गराउनुभयो ।
शपथ समारोहमा सचिवालयका महासचिव डा. भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो । प्रतिनिधि सभाका दुई सय ७० सदस्यले हिजाे बिहीवार नयाँ बानेश्वरकाे संसद् भवनमा शपथ लिनुभएको थियो । यादव र राई कारणवश शपथ लिन छुट्नुभएको थियो ।
अझै दुई सांसदले शपथ लिन बाँकी छ । सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन सक्नुभएको छैन । उहाँहरूले उपयुक्त समयमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।