टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – नयाँ सरकार गठनका विषयमा निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न नसकेको माओवादी नेताहरूले बताएका छन् ।
माओवादीले राष्ट्रपति कांग्रेसले राखे पनि सुरुको दुई वर्ष आफूहरूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो । तर कांग्रेसले सुरुको दुई वर्ष प्रधानमन्त्री नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन ।
माओवादीले यसअघि कांग्रेसलाई पटक–पटक सहयोग गरेकाले यस पटक सघाउन आग्रह गरेको थियो तर कांग्रेसले माओवादीको प्रस्ताव मानेको छैन । गठबन्धनको बैठकमा सहमति नजुटेपछि माओवादीले एमालेसँग छलफल थालेको छ । माओवादीका दोस्रो तहका नेता र एमालेका नेताहरूबीच छलफल भइरहेको छ ।
यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट जाने तयारीमा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।