गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत

 पुष १०, २०७९ आइतबार १८:५४:० | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की – नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएकाे छ । 

आज आइतवार बसेकाे प्रदेश संसदीय दलको बैठकले एमाले पार्टी सङ्गठन विभाग प्रमुख अधिकारीलाई संसदीय दलकाे नेता चयन गरेको हो । दलको नेता बनेसँगै उहाँलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । 

६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । एमाले, माओवादी र राप्रपा मिलेसँगै प्रदेशमा ३२ सांसद भएका छन् ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया