टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गर्नुभएको छ । कांग्रेसजस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री प्रचण्डले सात वटा राजनीतिक पार्टीलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उहाँको तर्क थियो ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिनभित्र विश्वासकाे मत लिएकाे खण्डमा प्रचण्ड नेतृत्वको सरकार दुई वर्षसम्म चल्ने अनुमानसमेत गर्नुभयो । सङ्घीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आऊ भन्ने राप्रपा लगायतका राजनीतिक दलहरू रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेकाे सरकारलाई समर्थन गर्ने सांसदकाे सङ्ख्या १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरू हेर्ने हो भने सात वटा दल छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्त छन् भनेकाे छ । ती सर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौँ भनेकाे छ । उहाँहरूको राजा आऊ, देश बचाऊ होला । राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारमा गइहाल्यो । उहाँहरूले प्रदेशमा उम्मेदवारी उठाउनुभएको छैन । किनभने उहाँहरूलाई प्रदेश सरकारप्रति विश्वास छैन । सङ्घीयताप्रति भरोसा नै छैन । यत्रो ८/९ सय सांसद कहाँ पाल्न सकिन्छ ? भन्ने चिन्ताले मैले त्यतातिर उम्मेदवारी नदिएको भनेर रवि लामिछानेले भन्नुभएको छ । अनि अरू दलहरू पनि त्यस्तै–त्यस्तै क्षेत्रीय दलहरू छन । अब ती सबै दललाई मिलाएर जान प्रचण्डजीलाई चुनाैती छ । उहाँले आफूलाई केन्द्रमा राखेर कांग्रेसजस्तो लचिलो पार्टी त मिलाउन सक्नुभएन भने यी सबै दल कसरी मिल्लान् र ! राजनीतिक स्थायित्व आउनलाई निकै कठिन छ ।’
कार्यक्रममा बोल्दै सत्तारूढ नेकपा एमालेका सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसाबले सत्तारूढ गठबन्धनको सरकार बनेको र यो सहज ढङ्गले अघि बढ्ने बताउनुभयो । उहाँले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको समेत बताउनुभयो ।
अर्का सत्तारूढ माओवादी केन्द्रका नेता दीनानाथ शर्माले आफूहरूले मिलेर सरकार चलाउने बताउनुभयो । उहाँले विगतमा फुट आए पनि अब मिलेर अघि बढ्ने गरी जनादेश आएकाले त्यहीअनुसार आफूहरू अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।