आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए पनि नेपाल आयल निगमलाई मासिक झन्डै दुई अर्ब रुपैयाँ नाफा हुने देखिएको छ ।
भारतले बढाएर पठाएको मूल्यमा पनि आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ र डिजलमा सात रुपैयाँ नाफा रहेको छ । निगमले अहिले पनि १५ दिनमा ९९ करोड रुपैयाँ नाफा गर्दै आएको र यही अवस्थामा एक महिनामा एक अर्ब ९८ करोड रुपैयाँ नाफा हुने एक अधिकारीले बताएका छन् ।
अहिले पेट्रोल, डिजलमा मनग्य नाफा भए पनि खाना पकाउने एलपी ग्यासमा एक सिलिन्डरमै सात सय रुपैयाँ घाटा भएकाले नाफा बढ्न नसकेको निगमको दाबी छ । निगमले अहिले पनि भारतीय आयल कर्पोरेशन आईओसीलाई ११ अर्ब रुपैयाँ बक्यौता र नेपाल सरकारलाई सात अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको बताएको छ ।
स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थप–घटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ रहेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।