टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै - जनमत पार्टीले पार्टीबाट पालिकामा निर्वाचित जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण मागेको छ ।
पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले पत्र लेख्दै जनप्रतिनिधिसँग ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिनुभएको हो।
देशभरिमा जनमतले कुल १९ वटा वडामा अध्यक्ष पद जितेको छ । जनमत पार्टीबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा दुई वडासहित मेयर र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी भएका छन् । त्यस्तै अध्यक्ष राउतको गृहपालिका महादेवा गाउँपालिकाको एउटा वडामा पनि जनमत पार्टी विजयी भएको छ ।
अध्यक्ष राउतको पत्रमा जनमत पार्टीको अवधारणा लागू गर्न के–कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याउनुभयो, नागरिकसँग जोडिएका विषयहरूलाई सम्बोधन गर्न के–कस्तो पहल गर्नुभयो ? जनमत पार्टीको स्थानीय समिति र कार्यकर्तासँग समन्वय कस्तो रह्योलगायत विवरण प्रतिवेदनमा समावेश गर्न भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Debendra Kumar singh
Jan. 3, 2023, 7:42 a.m.राम्रो