आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – हिजो मङ्गलवार सामान्य घटेको शेयर आज बुधवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ८७ अङ्कले बढेर दुई हजार एक सय २५ दशमलव ९४ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज उत्पादन, माइक्रोफाइनान्स, बीमा र विकास बैंकको शेयर उच्च अङ्कले बढेको छ ।
आज दुई सय ५८ वटा कम्पनीका ८७ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ५० करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको ११ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भयो ।
आज नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने अरू २१ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि छ वटा कम्पनीको शेयर एक प्रतिशतभन्दा धेरैले घटेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।