आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूले पोखरामा इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् । अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य 'अपरेशन सेन्टर' मा नेपाल विद्युत् प्राधिकरणले छानेरै बिजुली विच्छेद गरेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ ।
सेवा प्रदायकहरूले विद्युत् महसुल नियमितरूपमा भुक्तानी गर्दा गर्दै पनि प्राधिकरणले बिजुली काटेकाले इन्टरनेट सेवा बन्द हुने सम्भावना प्रबल रहेको आईस्पानले जनाएको छ । सेवा प्रदायकहरूले हरसम्भव प्रयास गर्दा पनि अपरेशन सेन्टर सुरु गर्न नसक्ने अवस्था आएकाले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका क्षेत्रहरूमा इन्टरनेट सेवा बन्द हुन सक्ने र यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिएर क्षतिपूर्तिसमेत दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, मानव अधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकायसमक्ष सत्य/तथ्य प्रस्तुत गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्न अपिल गर्दा पनि स्थितिमा कुनै सुधार नआएको आईस्पानले जनाएको छ । विद्युत् प्राधिकरणले एकतर्फीरूपमा बढाएको सात सय प्रतिशतसम्मको पोल भाडा दिन नमानेकै कारण छानी–छानी इन्टरनेट सेवा प्रदायकको तार काट्ने काम भएको आईस्पानको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
P. Gurung
Jan. 5, 2023, 3:20 p.m.नाफा जति आफैले कुम्याउने होइन, तिरन तारन गरेपछी बचेको नाफा मात्रै लिनुस यो सब झमेला बाट व्यवसायि तथा उपभोक्ता दुबै मुक्ती हुन्छ।