पाेखरामा इन्टरनेट सेवा बन्द, आईस्पान र प्राधिकरणबीच आराेप–प्रत्याराेप

 पुष २१, २०७९ बिहीबार १७:४०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पोखरामा इन्टरनेट सेवा बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको मुख्य 'अपरेशन सेन्टर' मा विद्युत् विच्छेद गरेकोले सेवा बन्द भएको इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ ।

विद्युत् प्राधिकरणले अत्यावश्यक सेवासम्बन्धी कानुन र मानव अधिकारकै उल्लङ्घन गरेको आईस्पानको आरोप छ । प्राधिकरणले विद्युत् विच्छेद गरेपछि वैकल्पिक माध्यमबाट सेवा दिने कोसिस गरे पनि सम्भव नभएको आईस्पानको दाबी छ । यसको जिम्मेवार प्राधिकरण भएको र क्षतिपूर्ति पनि उसैले दिनुपर्ने आईस्पानले जनाएको छ ।

विद्युत् प्राधिकरणले एकतर्फीरूपमा बढाएको सात सय प्रतिशतसम्मको पोल भाडा दिन नमानेकै कारण छानी–छानी इन्टरनेट सेवा प्रदायकको तार काट्ने र विद्युत् विच्छेद गर्ने काम भएको आईस्पानको आरोप छ । विद्युत् प्राधिकरणले भने इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको पोल प्रयोग गरेर उपभोक्तालाई चर्को मूल्यमा इन्टरनेट बेचेको तर पोल भाडा तिर्न आनाकानी गरिरहेको आरोप लगाएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया