काम सपार्न नखोज्नेहरूको जमघटमा गफ : त्यसैले देश बिग्रियो !
मंसिर ९, २०८१ आइतबार
जुम्ला – जुम्लाकाे तिला गाउँपालिका ३ त्रिवेणीमा आज बिहीवार दिउँसाे अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ ।
जुम्लाबाट नाग्मा जाँदै गरेकाे क १ स ११ नम्बरकाे अटाे तिला नदीमा खस्दा तातोपानी गाउँपालिका १ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढामगरले जानकारी दिनुभयाे ।
प्रहरीका अनुसार पुरनकाे घटनास्थलमै ज्यान गएकाे र आकाशकाे उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएकाे हाे ।
अटोले पाउरोटी ओसारपसार गर्दै आएको थियो । अटो कर्णाली राजमार्गबाट तल तिला नदीको छेउमा खसेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।