आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ । सोमवार काठमाण्डौमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनाैतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताउनु भयो । उहाँले तरलताको अभावमा व्यापारहरु सङ्कुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि बताउनु भयो । उहाँले वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताउनु भयो । उहाँले मौद्रिक नीतिमा 'क्यालकुलेट रिस्क' लिनैपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले सुरक्षा हेरेर मात्रै अघि बढ्ने हो भने समृद्धिको अपेक्षा पूरा गर्न नसकिने बताउनु भयो । उहाँले बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बैंक बलियो भएपछि अर्थतन्त्र सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड हो । बैंकले नाफा गर्नैपर्छ । बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ । बैंक बलियो भएपछि मात्रै अर्थतन्त्र सबल हुनेछ ।'
अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि सम्भव नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयाे, 'तरलताको अभावमा व्यापारहरु सङ्कुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको छ । केही सुधारका संकेत देखिएका छन्, तरलतामा सुधार भएको छ, रेमिट्यान्स बढेको छ । व्यापार व्यवसायमा सुधार भएको देखिएको छ । सरकारी खर्च बढ्नुपर्छ, सरकारले जबसम्म विकास खर्च बढाउँदैन अर्थतन्त्र चलायमान हुँदैन । मौद्रिक नीतिमा 'क्याकुलेट रिस्क' लिनैपर्छ । सेफ्टी हेरेर अघि बढ्ने हो भने हामी लक्ष्यअनुसार पुग्दैनाैँ । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाइकन समृद्धि पाउन सकिँदैन । कसरी लगानी प्रेरित गर्ने, कसरी उकास्ने निजी क्षेत्रलाई भन्ने कुरामा सोच्नुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।