टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।
आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो । नेता भुसाल हिजो एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । नेकपा एमालेका उपमहासचिव रहनुभएका नेता भुसाल मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा टिकट नपाएपछि नेकपा एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो ।
एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक हुनुहुन्थ्यो । तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद विघटन गरेपछि उहाँले चर्को विरोध गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।