महिला नेतृलाई चेली नभनियाेस्, आत्मीयता देखाउनै परे ५० प्रतिशत स्थान दिइयाेस् : सांसद श्रेष्ठ

 माघ ७, २०७९ शनिबार १६:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न अनुरोध गर्नुभएकाे छ । शनिबार प्रतिनिधि सभाकाे बैठकमा सम्बाेधन गर्दै श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले महिला नेतृलाई चेली भन्ने भए पुरुष नेतालाई के चेला भन्ने हाे भन्दै प्रश्न गर्नुभयाे । उहाँले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै महिलाहरुलाई पनि चेली नभन्न आग्रह गर्नुभयाे ।

उहाँले भन्नुभयाे, 'यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’

यस्तै उहाँले महिलाप्रति आत्मीयता नै देखाउनु छ भने ५० प्रतिशत महिलालाई संसदमा पठाउन पनि आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे, 'यदि आत्मीयता नै छ भने ३३ प्रतिशत न्यूनतम हो ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् ।'

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dinesh Rai

    Jan. 21, 2023, 6:33 p.m.

    ३३% हुदात पुरुषको हालत कुरुप छ ५०% दिए केहोला मेरो कौतुहलता

  •  0 Reply

तपाईको प्रतिक्रिया