सुनको भाउ फेरी निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
जुम्ला - नेपालगञ्जबाट जुम्लासहित कर्णालीका दुर्गम जिल्लामा उडान हुने नेपाल एअरलाइन्सको जहाजमा अनलाइन ई-टिकट प्रणाली सुरु भएको छ । नेपाल एअरलाइन्सले बिहीवार हिजाेदेखि ई-टिकट प्रणाली सुरु गरेको हो ।
नेपालगञ्जबाट उडान हुने जिल्लाहरु जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाइन टिकट सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कर्णालीमा पहिलो पटक याे सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
दुर्गमका नागरिकलाई जहिले पनि टिकट लिन सास्ती हुने भएकाले ई-टिकट प्रणाली सुरु गरिएको निगमले जनाएकाे छ । छिरिङ ल्हामु लामा तामाङले जुम्लाबाट सांसदमा निर्वाचित भएदेखि नै हवाई र यातायातका समस्या सामाधानका लागि पहल सुरु गर्नुभएकाे थियाे। उहाँले कर्णाली र जुम्लामा हवाई उडानको समस्या सामाधानका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई माग पेस गर्दै आउनु भएको छ । सांसद लामाको निरन्तर पहलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णालीमा अनलाइन ई-टिकट प्रणाली सुरु गरेको हो ।
सांसद लामाले भन्नुभयो, 'सबैभन्दा कठिन जुम्लासहित कर्णालीले भोग्नुपरेको विषय जहाज र यातायातको समस्या हो । जहाज नियमित नहुने, त्यहाँ जाने जहाजमा टिकट वितरणमा समस्या भएकाले नागरिकले सास्ती भोग्दै आएकाले आफू सांसद बनेदेखि निरन्तर पहलमा छु।'
उहाँले गएकाे माघ ९ गते मन्त्री किराँतीलाई जुम्लामा ई-टिकट र विमानस्थल स्तरवृद्धिको लागि लिखित पत्र दिनु भएको थियो । उहाँले कर्णाली राजमार्गको समस्याका विषयमा मन्त्री नारायाणकाजी श्रेष्ठलाई समेत भेटेर माग राखेको बताउनु भएको छ ।
ई-टिकट प्रणाली लागू भएपछि सजिलो हुने भन्दै स्थानीय खुशी भएका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर कुँवर यसले नागरिकलाई सजिलो हुने बताउनुहुन्छ । सांसद छिरिङले भने अन्य निजी जहाजमा पनि अनलाइन टिकट लागू गर्न तथा विमानस्थलको स्तरवृद्धि गर्न पहल भइरहेकाे बताउनुभयाे ।
यहाँ हप्तामा दुई पटक सोमवार र मङ्गलवार नेपाल एअरलाइन्सको जहाजको तालिका अनुसार नियमित उडान भइरहेकाे छ । टिकट प्रणाली पारदर्शी नहुँदा र उडान कम हुँदा हरेक वर्ष जुम्लामा दशैँ तिहारको बेला निक्कै समस्या हुनेगर्छ । यस पटक नागरिकले टिकट नपाइएको गुनासो गरेपछि स्थानीय प्रशासनले लोकसेवासहित परीक्षार्थीलाई प्रशासनमै नाम लेखाएर उडाउन बाध्य भएको थियो । यस्तै, नागरिक समाजले नियन्त्रणमा लिएर जहाज र स्थानीय जनप्रतिनिधिको रोहवरमा नाम लेखाइ एक हप्ताका टिकट वितरण गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।