टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रवार सङ्घीय संसदकाे सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको जनाउँदै उहाँले ती विषयलाई सरकारले समयबद्ध कार्ययोजना बनाएर नतिजा प्राप्त हुने गरी तत्कालै कार्यान्वयनमा लैजाने नै विश्वास व्यक्त गर्नुभयो ।
सम्बाेधनकै क्रममा राष्ट्रपति भण्डारीले देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा पूर्ण परिवर्तन ल्याउन ढिला गर्न नहुने बताउनुभयाे । उहाँले निराश जनशक्तिबाट कुनै पनि देश उँभो लागेको उदाहरण नभेटिने बताउँदै अहिले युवा तथा शिक्षित बेरोजगारहरूमा देखिएको चरम निराशाको अवस्थालाई तोड्न सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जाेड दिनुभयाे ।
नेपालले सधैँ असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको भन्दै राष्ट्रपति भण्डारीले हामीलाई कसैसँग अनावश्यक नजिक र कसैसँग टाढा हुनु जरुरी नभएकाे पनि बताउनुभयाे । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सुरक्षामा किञ्चित पनि सम्झौता नहुने गरी कुनै पनि देशसँग मित्रता कायम गर्नुपर्ने र एकअर्काको हितमा सहकार्य गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयाे ।
यस्ताे छ राष्ट्रपति भण्डारीकाे सम्बोधनको पूर्ण पाठ :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।